धनगढीः सुदूरपश्चिमको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरी र कांग्रेस–नेकपा एस गठबन्धनबाट नेकपा एकीकृत समाजवादी माया पन्त चुनावी मैदानमा उत्रिने भएकी छन्।
यसअघि नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख नागरिक उन्मुक्तिले स्वीकार नगरेपछि एमालेले लिएको हो। आजै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन्। आजै उपसभामुखको पनि निर्वाचन हुँदै छ।
Facebook Comments Box