काठमाडौं – नेपाल प्रहरीका १४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको काज सरुवा गरेको हो ।
सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ सूचना संकलन, विश्लेषण र अभिलेख व्यवस्थापन शाखा महाराजगन्ज, काठमाडौंमा कार्यरत बीरेन्द्र सिंह जोहारीको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत वकिल बहादुर सिंहको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा काज सरुवा भएको छ ।
Facebook Comments Box