काठमाडौँ – सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ ।
एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्षसमेत रहेका नेता सुवास नेम्वाङले बताए ।
झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार माओवादीबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले सभामुखमा पहिलो कार्यकाल एमालेले लिनेगरी घिमिरेलाई उम्मेदवार बनाउन लागिएको हो ।
Facebook Comments Box