काठमाडाैँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका छन्। बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै किरातीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताएका हुन्।
‘पोखरामा भएको जहाज दुर्घटनाप्रति सरकार दु:खी छ। हवाई क्षेत्रमा पूर्वाधार सुधार गर्दै यस सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर छ,’ उनले भने। उनले भनेका छन्, “यो घरेलु उडानतर्फ ठूलो दुर्घट्ना हो । मृतक प्रति श्रद्धाञ्जली तथा आफन्तप्रति समवेदना प्रकट गर्न चाहन्छु । मृतकको पोखरा मेडिकल कलेज र काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टम गरिएको छ । ५ सदस्यीय छानवीन आयोग गठनमा जाँच आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे गरिएको छ । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र घटना नदोहोरीयाेस नागरिक उड्डयन प्राधिकरणलाई कडा निर्देशन दिएको छु । हवाई सुरक्षा प्रति सरकार गम्भीर छ । नागरिक उड्डयन प्रािधिकरण सबैसँग सहकार्य गर्दै अगाडि बढ्नेछ ।” मन्त्री किरातीले मृतकहरूले श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्। संसदमा नेपाली कांग्रेसले दुर्घटनाबारे जानकारी दिन माग गरेका गरेपछि पर्यटनमन्त्रीले जवाफ दिएका हुन्।
पोखरा जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको उनले बताए। एकजना शिशुको शव खोजी कार्य जारी रहेको किरातीको भनाइ छ।