काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले आफ्नो कार्यकालमा विश्वविद्यालय छाता ऐन र उच्च शिक्षा ऐन ल्याउने प्रतिबद्धता जनाउनुभएको छ । शिक्षा मन्त्रालयमा पदबहाली गरेको भोलिपल्ट बुधबार मन्त्रालयका सचिव र महाशाखाका प्रमुख एवं सहसचिवहरूसँगको पहिलो ब्रिफिङमा उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
मन्त्री खनालले विश्वविद्यालयलाई पुनःसंरचना गर्न छाता ऐन अपरिहार्य रहेको बताउँदै गर्दा मन्त्रालयका सबै महाशाखा प्रमुखले उच्च शिक्षाको छाता ऐन र शिक्षा ऐन ल्याएमा शिक्षा मन्त्रालयको ठूलो उपलब्धि हुने धारणा राखेका थिए ।
Facebook Comments Box