काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् ।
शुक्रबार प्रज्ञा प्रतिष्ठानस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका हुन् ।
यसले अंग प्रत्यारोपणका क्षेत्रमा सिंगो देश र जनसमुदायलाई सकारात्मक प्रेरणा मिल्ने उनको विश्वास छ ।
Facebook Comments Box