धनगढीः नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले केही पदाधिकारी र सदस्यलाई निष्कासन गरेको छ। संघले तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज निवेश यादवसहितलाई निष्कासन गरेको जानकारी दिएको छ।
संघको केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने पर्साका विश्वराज पटेल, रामेछापका शंकर लाखे, नवलपुरका गुणराज पुन, काभे्रपलाञ्चोकका वीरेन्द्र लामाले पार्टी र संघको हित विपरी गतिविधि गरेको बताएको छ। जारी विज्ञप्तिमा उनीहरु सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको व्यहोरा उल्लेख छ।
Facebook Comments Box