बैतडी – बैतडीमा वडा सदस्यको मृत्यु भएको छ। बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा सदस्य बीरसिंह साउदको मंगलबार ६० वर्षको उमेर निधन भएको हो।
चार महिनादेखि बिरामी रहेका साउदको मंगलबार निधन भएको स्थानीय प्रकाश साउदले जानकारी दिएबा छन्। मंगलबार साझ साढे ५ बजेको समयमा आफनै निवास सुर्नया ४ पालिगडामा उनको निधन भएको साउदले बताए। उनी बैशाखमा भएको स्थनीयतहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए।
Facebook Comments Box