धनगढीः कञ्चनपुरको शुक्लाफाँटामा अवैध काठ बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका–१२ तिल्केका लालदाश रानाको घर पछाडी लुकाएको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
रानाले आलु बारीमा खाडल खनेर लुकाएको अवस्थामा ७ फिट लम्बाइको सालको गोलिया, ८ फिट लामो सिल्ली गरेर ३४ दशमलव ९५ क्यूफिट काठ बरामद गरिएको छ ।
बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय वाणीमा बुझाइएको छ ।
Facebook Comments Box