महेन्द्रनगर: सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सीप, संस्कार र प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताएका छन्। आज शुक्लाफाँटा नगरपालिकास्थित राष्ट्रिय माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि सक्दो प्रयास सधैं रहनेछ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरु कुलतमा फसिरहेको छन्, अभिभावकहरुले समयमै आफ्ना बाल बालिकाहरुको हेरविचार गर्न जरुरी छ।’
कार्यक्रममा मुख्यमन्त्री रावलसहित नेकपा एमालेका केन्द्रिय सदस्य नरबहादुर धामी, एमाले प्रदेश कमिटि सचिवालय सदस्य बचनबहादुर सिंह, सुदुरपश्चिमका पूर्वमन्त्री लालबहादुर खड्का, जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा, शुक्लाफाँटाका मेयर रणबहादुर महरालगायतले मन्तब्य राखेका थिए।
Facebook Comments Box