धनगढीः महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ स्थित एक कवाड संकलन केन्द्रमा भएको बिस्फोटमा घाइते भएका भारतीय नागरिकलाई बरेली रिफर गरिएको छ।
हिजो साँझ सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट हुँदा दुई जना घाइते भएका थिए। घाइतेमध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको प्रहरीले जनाएको छ।
अन्सारीसँगै सामान्य घाइते भएका पिलिभितका नितेश कुमार उपचारपश्चात घर फर्किएका छन्। गम्भीर घाइते अन्सारीको अनुहारमा चोट लागेको छ।
आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तुका टुक्राले उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
Facebook Comments Box