धनगढीः बाजुरा लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका छन्। हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्।
हुम्ला, जुम्ला, मुगु, बाजुरा लगायतका जिल्लाहरुमा भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्। हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।
पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ। अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो। गत मंगलबार दिउँसो बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो।
Facebook Comments Box