एजेन्सी – ब्राजिलमा फुटबल टोली सवार बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
इस्पोर्ट क्लबका किशोर खेलाडीहरू उपाधि जितेर फर्किरहेको अवस्थामा गाडी दुर्घटनामा परेको हो ।
उनीहरु ब्राजिलको उवापोरङामा एक प्रतियोगिता खेलेर फर्किरहेका थिए । पुलमा पुग्दा ड्राइभरले नियन्त्रण गुमाउँदा बस ३२ फिट तल खसेको थियो । मृत्यु हुनेहरूको उमेर १४ देखि १७ वर्ष रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
Facebook Comments Box