धनगढी-नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन्। बाँकेमा पक्राउ परेका उनलाई कैलाली लैजाने तयारी गरिएको छ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो।
त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनी १० वर्षदेखि फरार प्रतिवादीको सूचीमा थिए।
Facebook Comments Box