धनगढीः बैतडीमा बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका ससुरा कारागार चलान भएका छन्। पञ्चेश्वर गाउँपालिका बस्ने ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको हो।
अदालतको आदेशअनुसार अभियुक्तलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनी आफ्नै बुहारीमाथि जबरजस्तीकरणी गरेको आरोपमा २८ पुसमा पक्राउ परेका थिए।
Facebook Comments Box