काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौँ, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरूको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले प्रमाण पत्र प्रदान गरे ।
सात दिनसम्म चलेको तालिममा सहभागीहरूलाई प्रशिक्षकहरू हिमाल दाहाल, सञ्जय महर्जन, खेलबिज्ञ रिता प्रजापति, राजेन्द्र तुलाधर र फिजियो लक्ष्मण अधिकारीले विविध विषयको प्रशिक्षण प्रदान गरेका थिए ।
Facebook Comments Box