काठमाडौँ – युएस एड(अन्तर्राष्ट्रिय सहयाेगका लागि अमेरिकी नियाेग) की प्रमुख सामन्था पावर मंगलबार काठमाडाैँ आइपुगेकी छन् । पुष्पकलम दाहाल ‘प्रचण्ड’ काे सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलाे विदेशी उच्च अधिकारी हुन् ।
पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पाैडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ । पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछिन् ।
उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन्। सामन्था पावर अमेरिकी मन्त्रीसरहकाे मर्यादामा छिन् । युएस एडले जारी गरेकाे विज्ञप्तिमा नेपाल-अमेरिका सम्बन्धकाे ७५ वर्षकाे साझदारीका अवसरमा पावर नेपाल भ्रमणमा आएकी हुन् ।
Facebook Comments Box