धनगढी: सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किरहेकी एक महिलाको बाटोमै मृत्यु भएको छ। बझाङको छविसपाथिभेरा गाउँपालिका –१ परिङगाल घर भएकी करिब ७० वर्षीया सिता गिरीको मृत्यु भएको हाे। गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा छविसपाथिभेरा गाउँपालिकाकै खौलागणा भन्ने ठाउँमा उनको मृत्यु भएको स्थानीय रामभक्त गिरीले बताए।
विहान गाउँपालिका भवन व्याँसीमा जेष्ठ नागरिक भत्ता बुझ्न गएकी उनको आज दिउसो फर्कने क्रममा बाटोमै मृत्यु भएको हो। दमकी बिरामी रहेकी गिरी केही समय अघिदेखि अस्वस्थ थिइन्। गिरीको घरबाट गाउँपालिका नजिकै रहेको कुमारी बैङ्कमा पुग्न गाडीमा १ घन्टाकाे समय लाग्छ। गाउँपालिकाले भत्ता बुझ्न बैङ्कमै जानुपर्ने नियम लागू गरेपछि जेष्ठ नागरिकहरूलाई सकस हुने गरेकाे छ।
Facebook Comments Box