काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेश सरकारबाट एमालेलाई ठूलो धक्का दिइएको बताएका छन्।
पार्टीनिकट जनसांस्कृतिक महासंघको कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले यो सुरूवात मात्रै भएको बताए।
‘तपाईंहरूले थाहा पाउनुभएकै छ, सुदूरपश्चिमको सरकार ढल्यो, नयाँ सरकार बन्यो। नयाँ सरकारमा अहिले को को छन्? एउटा नेपाली कांग्रेस छ अर्को नेकपा एकीकृत समाजवादी छ।’ नेपालले भने, ‘यो पार्टीको हालत खत्तम छ, यसको भविष्य नै छैन भनेको होइन? कहाँबाट उदायो ? कहाँबाट देखापर्यो त्यहाँ?’
उनले एमालेका लागि ठूलो धक्का लागेको र यो सुरुवात मात्रै भएको भन्दै थपे, ‘यसले ठूलो धक्का एमाले पार्टीलाई परेको छ। यो पहिलो सुरूवात जस्तो देखिन्छ । त्यसैले हौसला बुलन्द गर्नुस् कमरेडहरू।’
Facebook Comments Box