काठमाडौं : नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निराजन नेपालमाथि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कुटपिट भएको छ ।
स्ववियू परिषद नेपालका अध्यक्षसमेत रहेका नेपालमाथि आइतबार कुटपिट भएको हो ।
कुटपिटबाट नेपालको नाकमा चोट लागेको छ । उनको स्टार अस्पतालमा उपचार गरिएको बताइएको छ ।
नेपालमाथि सन्जय बुढाथोकी नेतृत्वको समूहले कुटपिट गरेको आरोप छ । तर कारण भने खुल्न सकेको छैन ।
Facebook Comments Box