धनगढी: कैलालीको धनगढीस्थित त्रिनगर नाका हुँदै भन्सार छलीको सामान छिराएर नेपाल प्रहरीले सशस्त्र प्रहरीका कर्मचारी नै कारबाहीमा परेको विषय अहिले चर्चामा छ।
उनीहरूमाथि अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको आरोप छ। उनीहरू मद्धती सेवा गुल्म कैलालीमा कार्यरत थिए।
कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर कुँवर रहेका छन्।
उनीहरूलाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको जनाएको छ।
उनीहरूले त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेको छ।
उनीहरूले त्रिनगर भन्सारस्थित सशस्त्र प्रहरीका डीएसपीकै सेटिङमा सामान नेपाल छिराएका थिए। अहिले त्यहाँ डीएसपी बिष्णु उप्रेती छन्।
उनले अहिले तस्करसँग हात मिलाएको पनि सुनिन्छ। यसैक्रममा यहीँ महिनाको १५ गते बेलुका भने एक सर्वसाधारण महिलालाई भने दु:ख दिएको पाइएको छ। विवाह प्रयोजनका लागि भन्दै झण्डै १५ हजारको कपडा लिएर आएकी कैलालीको गोदावरी नगरपालिकाकी एक महिलालाई सशस्त्र प्रहरीको टोलीले दु:ख दिएको पाइएको हो।
लाखौंको माल भन्सार छलेर आइरहेको अवस्थामा सशस्त्र प्रहरीले नाकामा अनावश्यक हैरानी दिने गरेको आम जनगुनासो बेलाबेला आउने गरेको पाइन्छ। तर ती गोदावरीकी महिलाले भने सशस्त्रकै कारण विवाह कार्यक्रममा समेत असर परेको जनाएकी छन्।
ऋण निकालेर सस्तोमा भारतबाट सामान ल्याएकोमा सशस्त्रले बरामद गरेर अभद्र शैलीमा लगेको घटनाले विवाह गर्नमै समस्या भएको उनको भनाई छ।
सशस्त्रकै कारण उनले चन्दा उठाएर विहेको खर्च तथा सामान जोहो गरेको पनि उनको दाबी छ।
यसैक्रममा सशस्त्र प्रहरी बल नेपालका त्रिनगरस्थित डीएसपीले भने नाकामा कुनै समस्या नरहेको बताउँदै आएका छन्। यस्तै उनले सशस्त्रका कर्मचारीले भन्सार छलेको विषयमा आफूहरुको त्रुटी भएको पनि स्वीकारे।
पछिल्लो समय सीमानाकामा सर्वसाधारणलाई सास्ती र तस्करीलाई मस्ती हुने विषय पेचिलो बन्दै गएको देखिन्छ।
र, यो पनि: सुदूरपश्चिममा भन्सार छल्ने सशस्त्रकै ३ कर्मचारी कारबाहीमा