धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मूक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटघाटवार्ता भएको छ ।
टीकापुर घटनामा डिल्लीबजार कारागार काठमाडौंमा रहेका नागरिक उन्मूक्ति पार्टीका संरक्षक चौधरीलाई भेट्न मुख्यमन्त्री शाह कारागार पुगेका हुन् ।
उर्नीहरूबीच भेटघाट केकुरा भयो भन्नेबारे खुलेको छैन । मुख्यमन्त्री शाहले शनिबार जानकी गाउँपालिका ९ स्थित चौधरीको परिवारसँग समेत भेटघाट गरेका थिए ।
Facebook Comments Box