काठमाडौँ – काठमाडौँको बालाजु बाइपास क्षेत्रमा मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले सुरु गरेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।
प्रदर्शनकारीले प्रहरीको भ्यानसमेत जलाइदिएका छन् । मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् ।
सडकमा टायर बालेर प्रदर्शन गरिएको छ भने प्रहरीमाथि मजदुरहरूले इँटा र ढुङ्गा प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको छ ।
Facebook Comments Box