काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
देउवाले ट्विटरमार्फत भेटबारे जानकारी गराएका छन् । उनले आफूहरूबीच दुई देशबीचको सम्बन्धनलाई थप बलियो बनाउने विषयमा छलफल भएको बताएका छन् ।
“हामीले पारस्परिक हितका विभिन्न पक्षमा छलफल गरेका छौँ,” देउवाले भेटको फोटोसहित गरेको ट्विटमा भनेका छन्, “नागरिकस्तरको सम्बन्धलाई बलियो बनाउने विषयमा पनि कुराकानी भएको छ ।”
Facebook Comments Box