काठमाडौँ: मोलुङ हाइड्रोपावरले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन ४ गतेदेखि २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ । यस्तै, ५% अर्थात् १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी २२ लाख ६४ हजार ६५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यसमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।