काठमाडौं । ग्यास दुर्घटनामा घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भएको छ । शनिबार मध्याह्नदेखि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको हो ।
मुम्बईमा भण्डारीको साथमै रहेका माधव न्यौपानेलाई उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भण्डारीको स्वास्थ्यमा सुधान आएसँगै कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको जनाएका छन् ।
भण्डारीको फोक्सोले आफै काम थालेको र कृतिम अक्सिजन घटाउँदै लगेर सोमबादेखि भेन्टिलेटर हटाइने उनले जनाएका छन् । हातको जलेको भागले काम गर्न थालेकाले थप अप्रेसन गर्न नपर्ने भएको सिवाकोटीले जनाएका छन् ।
Facebook Comments Box