काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।
‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई बैठकले दिएको छ,’ उनले भने ।
Facebook Comments Box