काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच आइतबार दिउँसो महाराजगन्जमा भेट भएको स्रोतले बतायो । एमाले अध्यक्ष ओलीले नेपाललाई पार्टी एकतासहित राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।
पार्टी विभाजनपछि विवाद व्यक्तिगत तवरमै चुलिरहेका बेला ओली र नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई समेत राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई समेत ओलीको सोही प्रस्ताव रहेको छ ।
Facebook Comments Box