धनगढी – कैलालीमा बिहीबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु गरिने भएको छ ।
प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलालीमा हात्तीपाइले रोग निवारणका लागि पुनः यसवर्ष पनि अभियान सुरु गरिन लागेको हो ।
यस बर्ष कैलालीमा एघारौँ पटक हात्तिपाइले निवारणका लागी औषधी खुवाउने अभियान सञ्चालन हुन लागेको हो ।
६ पटकसम्म अनिवार्य औषधी सेवन गर्नुपर्ने भएपनि सुदूरपश्चिमका ९ जिल्लामध्ये कैलालीमा औषधी सेवनको लक्ष प्राप्त हुन सकेको छैन । जिल्लाको ६५ प्रतिशतले औषधी सेवन गर्नुपर्ने भएपनि करिब ५० प्रतिशतले मात्रै ५ पटक औषधी सेवन गरेका छन् ।
Facebook Comments Box