काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सिसडोल, बञ्चरेडाँडा सडक मर्मत गर्न ठेक्का आह्वान गरेको छ ।
महानगरपालिकाले मङ्गलवार एक सूचना जारी गर्दै करबाहेक १ करोड ७४ लाख ७५ हजार रुपैयाँ अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले उपत्यकाको ल्याण्डफिल साइट जाने बाटोलाई मर्मत गर्न ठेक्का आह्वान गरेको जनाएको छ ।
महानगरका अनुसार बञ्चरेडाँडामा वर्षाको समयमा फोहोर बोकेर जाने टिपरहरुलाई बाटोको कारण समस्या हुने भन्दै मर्मतको काम गर्ने अहिले नै ठेक्का खोलिएको जनाइएको छ ।
Facebook Comments Box