काठमाडौँ – सम्पत्ति सुदृढीकरण (मनि लाउण्डरिङ) निवारण, व्यावसायिक तथा वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा कानुन न्याय तथा संसदीय मन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ ।
विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै मन्त्री प्रधानले २७५ जना सांसदको आँखा छलेर विधेयकमा अन्यथा होला भनेर सोच्न आवश्यक नरहेको बताए । उनले विधेयक ल्याउनुको आशय सकारात्मक रहेको बताउँदै पहिलेको संसदले अघि बढाएको विधेयक फेरि ल्याइएको स्मरण गराएका थिए । मुलुकको अवस्था अनुसार सो विधेयकलाई फास्ट ट्रयाकमा लानुपर्ने अवस्था रहेको बताए ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ बजे दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।