कैलाली: भोलिबाट धनगढीमा नेपालमै ठुलो धनराशिको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको र भोलिबाट प्रतियोगिता सुरु गर्ने जनाइएको हो।
प्रहरी पब्लिक क्लवले आयोजना गर्न लागेको प्रतियोगिता मुलुककै सबै भन्दा ठुलो धनराशिको भएको दाबी गरिएको छ। प्रतियोगिताको विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। उपविजेताले ७१ हजार र तृतीय हुने टिमले ५१ हजार पाउने छन्।
ब्याडमिन्टन प्रतियोगिता तीन विधामा खेलाइने भएको छ। राष्ट्रिय खेलाडी सहितको उपस्थितिमा हुने प्रतियोगितामा २० टिम सहभागी छन्। यस बिधाका विजेताले १ लाख २१ हजार प्राप्त गर्ने छन्। राष्ट्रिय खेलाडी नभएका टिमले पनि प्रतियोगितामा सहभागिता जनाएका छन् । यस्ता ५७ टिम रहेका छन् । यसका विजेताले ३१ हजार उपविजेताले २१ हजार र तेस्रो हुने टिमले ११ हजार पाउने छ।
४५ बर्ष माथि उमेर समूहका २३ टिम सहभागी छन्। यी बिधाका विजेताले ५१ हजार उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले २१ हजार रकम प्राप्त गर्ने छ । भोली बिहान ८ बजे देखी प्रतियोगिता सुरु हुने प्रशिक्षक मेघराज कठायतले जानकारी दिए।
धर्मपसुपति स्मृति ओपन ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन भने १० बजे एसएसपी गणेश चन्दले गर्ने छन्।