धनगढीः कैलालीमा बिहीबार बिहान माइक्रो बसले पैदल यात्रीलाई ठक्कर दिएपछि अवरुद्ध गरिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले गोदावरी नगरपालिका–९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएपछि अवरुद्ध राजमार्ग खुलेको जानकारी दिए। राजमार्ग खुलेसँगै सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन्।
माइक्रोको ठक्करबाट गौरीगंगा नगरपालिका–६बस्ने ६० वर्षीया गेरुवा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
Facebook Comments Box