काठमाडौँ – युएईमा जारी रहेको आइसिसी यु-१९ पुरुष विश्वकपको एसिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ। मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए। आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए।
मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए। भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२/१२ रन जोडे।
Facebook Comments Box