धनगढी : बैतडीमा एक जना शिक्षकले जनप्रतिनिधि माथि हातपात गरेका छन्।
जिल्लाको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्ण बहादुर साउँदलाई हातपात गरेका हुन।
शेरा–लेकम सिचाइँ योजनाका बारेमा बिवाद हुँदा शिक्षकले वडा सदस्यलाई कुटपिट गरेको घटना पालिकाको न्यायीक समितिमा पुगेको छ।
वडा सदस्य साउँदको टाउको र औँलामा चोट लागेको छ। उनले न्यायीक समितिमा उजुरी दिएको बताए।
वडा अध्यक्ष तेज बहादुर साउँद काम विशेषले धनगढीमा छन्। कार्यबाहक अध्यक्षको रुपमासमेत काम गरिरहेका थिए साउँद।
घटनाको बारेमा जानकारी आएको र वडा अध्यक्षसहित जनप्रतिनिधि बसेर आवश्यक प्रक्रियामा जाने पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक धाना धामीले बताइन। आरोपित शिक्षकलाई यस विषयमा बुझ्न खोज्दा फोन उठेन।
Facebook Comments Box