धनगढी : २५ गते हुने राष्ट्रपतिका निर्वाचनका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामचन्द्र पौडेललाई जिताउन १९ गते धनगढीमा प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
केन्द्रमा भएको ८ दलीय गठबन्धनको सहमति अनुसार कैलालीका १९ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो । कैलालीमा हुने प्रशिक्षण कार्यक्रमको संयोजन मुख्यमन्त्री कमल शाहले गर्ने भएका छन् ।
आज मुख्यमन्त्री कार्यालयका उपस्थित सत्ता गठबन्धनका सांसदहरूले राष्ट्रपतिमा पौडेललाई जिताउने बारे प्रशिक्षणको संयोजन गर्ने जिम्मेवारी शाहलाई दिएका थिए । बैठकमा कांग्रेस,माओवादी , नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरू सहभागी थिए ।
राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट कांग्रेसका पौडेल र एमालेका सुभाषचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
Facebook Comments Box