काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन समय तोकेको थियो । तर, राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दुवै उम्मेदवारले नाम फिर्ता नलिएको आयोगले जनाएको छ ।
राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।
Facebook Comments Box