धनगढीः धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २० वर्षीय शर्बन रानाको करेन्ट लागेर मृत्यु भएको छ।
सोही उपमहानगरपालिका–१ बस्ने लल्ला श्रीवास्तवको घरमा विवाहको टेन्ट गाड्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
फलामको पाइप बिजुलीको मेन लाइनमा छुँदा राना गम्भीर घाइते भएका थिए। कैलाली अस्पताल धनगढीमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box