धनगढी: बैतडीमा डिउटीमै बेहोस भएका प्रहरी सहायक हवलदारको मृत्यु भएको छ।
मेलौली नगरपालिकाको सलेना प्रहरी चौकीमा कार्यरत कैलाली स्थायी घर भएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
डिउटीमा बेहोस भेटिएका चौधरीलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो तर स्वास्थ्य केन्द्र पुगाउदा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए।
उनको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
Facebook Comments Box