काठमाडौँ – विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।
यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ७२ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
रोहन मुस्ताफले ७६ बलमा अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेल्दा आर्यन लाक्राले २८ रन बनाए । कप्तान सीपी रिजवानले २२ तथा वृत्य अरबिन्द १८ रनमा आउट हुँदा ।
ओपनर मुहम्मद वासिमलाई शुन्य रनमा पहिलो ओभरमा नै आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । करण केसी,कुशल मल्ल र आरिफ शेखको नाममा समान १/१ विकेट रह्यो ।
यूएईले हालसम्म १० ओभरमा १ विकेट गुमाएर २५ रन मात्र बनाएको छ । यूएईका ओपनर मुहम्मद वासिम शुन्य रनमा नै आउट भएका थिए ।
नेपालको लागि पहिलो ओभरमा करण केसीले मुहम्मद वासिमलाई बोल्ड आउट गरेका हुन् । यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो ।
यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो । ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ ।
लगातार पाँच एकदिवसीय अन्तराष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ । पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो ।
२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो ।
अब नेपालले लिग २ का बाँकी सबै सात खेलमा विजयी हुँदा ४२ अंकमा पुग्नेछ । नेपाल सबै खेलमा विजयी हुँदा शीर्ष तीन स्थान पक्का हुनेछ । नेपाल सबै खेलमा विजयी हुँदा र युएईले बाँकी ६ खेल जित्दा ३९ अंकमा मात्र पुग्न सक्छ ।
सोझै विश्वकप छनोट खेल्न अब नेपाल, युएई र नामिबियाबीच प्रतिस्पर्धा छ । यी तीन देशमध्ये एकले सोझै छनोटमा स्थान बनाउनेछ । पुछारका चार टोलीले नामिबियामा मार्च-अप्रिलमा हुने प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
प्लेअफ क्वालिफायरमा लिग टू का पुछारका चार टोलीसँगै क्यानडा र जर्सी हुनेछन् । जसबाट शीर्ष दुई टोलीले आईसीसी एकदिवसीय बिश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकमा रहेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।