महेन्द्रनगरः कञ्चनपुरको पुनर्वासमा खाल्डोमा डुबेर बालकको मृत्यु भएको छ।
कैलालीको कैलारी गाउँपालिका–३ भर्री घर भएर पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित सिद्धविनायक इँटाभट्टामा काम गर्ने दिनेश चौधरीका डेढ वर्षीय छोरा रोमनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खेलिरहेको अवस्थामा इँटाभट्टा बनाउन प्रयोग गरिने पानीको खाल्डोमा डुबेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्थानीय बिएन पोलिक्लिनिकमा मृत्यु भएको हो।
Facebook Comments Box