धनगढी: डडेल्धुराको एक प्रहरी थानाका कार्यालय सहयोगीको निधन भएको छ।
आज (बिहीवार) धनगढीस्थित एक अस्पतालमा उपचारको क्रममा इलाका प्रहरी कार्यालय जोगबुढाकाकार्यालय सहयोगी शंकर भट्टराईको निधन भएको हो।
ईलाका प्रहरी कार्यालय जोगबुढाकाअनुसार उनी करीव २ हप्ता अघि डडेल्धुरास्थित परशुराम नगरपालिका १२ मा सवारी दुर्घटनामा परी घाइते भएका थिए। कार्यालयकै कामको सिलसिलामा दुर्घटनामा परेका उनको टाउकोमा चोट लागेको र उपचाररत अवस्थामा आज निधन भएको बताइएको छ।
Facebook Comments Box