कैलाली – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपराह्न विश्वासको मत मागेका हुन् ।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काँग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
Facebook Comments Box