– दिपकराज भट्ट
डडेल्धुरा- होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक–अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर रङ्गीन बनाउँछन् ।
ओ दाजु भाई,फागुन आई , फागुन मासमा होली मचाई । डडेल्धुरामा एउटा प्रख्यात होलीको यो स्लोगन आजभोली प्राय कमै सुनिन्छ । पहाडि जिल्ला डडेल्धुरामा भागेशवर रुपाल होली समाजले डडेल्धुरामा होली आयोजना गरेका छ । उक्त समाजले मौलिकतामा रहेर होली खेलेको पाईन्छ । प्रविधिको विकास सागै मौलिकता हराउदै गएको समयमा युवा पिडि लाई जागरुक गर्नका लागि होली मौलिकताका साथ खेलिएको रुपालका तारा सिंह ठकुराठीले बताउनुभयो ।
डडेल्धुरा जिल्ला सदरमुकाम को बजार क्षेत्रमा होली खेल्न लागिएको ठकुराठी बताउछन् । पछिल्लो समयमा होलीमा युवा पिडिहरुले रंगको भन्दा पनि मुसो, बुलइट, अण्डा, आदि लगाउने उछ्लङग तरिकारले होली खेल्ने गरेको देखिन्छ भने पुराना होलीका गीतहरु पुरानो लयमा गाउननै नसिकेको रुपालका युवा हरिश महरले बताए । डडेल्धुरामा रुपाल भागेश्वर होली समाजले बर्सेनी होली खेल्दै आएकोछ भने यस समाजले युवा पिडिलाई होलीको मौलिकता दिदै आएकोछ । होलीमा सभयभवय रुपले रंग लगाउने खुशी साटासाट गरिएको महरको भनाई छ ।
होलीमा ढोल बाजाको धुन सँगै गीतहरु गीतहरु अगुवाले गाउछ भने अगुवा सँगै स्वरमा स्वर मिलाएर अरु टिमका सदस्यहरु गीत सँगै रंग लगाएर होली मनाउने गर्दछन् ।
पछिल्लो समयमा युवा पिडिहरुले भने होलीको मौलिकतालाई बिर्सर्दै गएकोमा आफुलाई चिन्ता लागेको भागेश्वर ४ का शिक्षक भुवनराज भट्टले दुखेसो पोखे । युवा पिडिमा होलीको मौलिकता बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गर्न सके अझै राम्रो हुने उनको बुझाई छ । होली हाम्रो पहिचान र सभ्यता हो । डडेलधुरामा रुपालको होली प्रख्यात होलीको रुपमा चिनिदै आएको छ ।
रुपाल भागेश्वर बाट बसाईसराई गरेका गएका स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले आफ्नै मौलिकतामा जो जँहहा छन् उनीहरुले त्यहि नै मौलिकतामा होली खेल्ने गरेको देख्न सकिन्छ ।