धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचारविरुद्ध कठोर रुपमा प्रस्तुत हुने बताएका छन्। प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै शाहले सबैको साझा प्रतिनिधिको रुपमा काम गर्ने बताएका हुन्।
‘सबैको साझा प्रतिनिधिको रुपमा काम गर्नेछुँ,’ उनले भने, ‘समृद्ध सुदूरपश्चिम बनाउने अभियानमा लाग्ने छुँ।’ संघीयतालाई बलियो बनाउने गरी काम गर्ने उनले बताए। ‘प्रत्येक कदम संघीयतालाई बलियो बनाउने गरेर चाल्ने छुँ,’ उनले भने, ‘प्रदेश सम्बन्धी उठेको नकारात्मक आवाजलाई निस्तेज गर्ने गरी काम गर्ने प्रतिबद्धता गर्छँ।’
Facebook Comments Box