काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) तुर्माखाँद गाउँपालिका वडानम्वर ४ को वडा कमिटी बैठक सम्पन्न भएको छ । पार्टीको वडा कमिटी अध्यक्ष एबं वडा अध्यक्ष पदम बहादुर बिसीको अध्यक्षता र नेकपा माओवादी केन्द्र गाउँपालिका कमिटी अध्यक्ष मन बहादुर बयकको प्रमुख आथित्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकमा पार्टीको २ महिने अभियानको बारेमा जानकारी सहित वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो । यस्तै वडाका काम प्रती समिक्षा गर्दै पार्टी संगठन बिस्तार तथा सुदृढीकरण गर्ने निर्णय गरिएको छ । बैठकका अवसरमा प्रमुख अतिथि तथा पार्टीको गाउँपालिका कमिटी ईञ्चार्ज बयकले पार्टी संगठन सुदृढिकरण र विस्तारका लागि पार्टी नेता कार्यकर्ता परिचालन हुनुपर्ने बताउँनुभयो ।
बैठकमा वडा नम्वर ४ का जनप्रतिनिधि र अगुवा कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।
Facebook Comments Box