धनगढीः छिमेकी मुलुक भारतका ५० भन्दा बढी गाउँका समुदाय नेपाली सञ्चारमा निर्भर रहेको पाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतका ५० भन्दा बढी गाउँमा भारतीय सञ्चार उपलब्ध छैन। जसका कारण त्यहाँका बासिन्दाले नेपाली सञ्चार सुविधा उपभोग गर्ने गरेका छन्।
भारतीय सञ्चारको सेवा नहुँदा सीमावर्ती गाउँका जनताले आफन्तलाई नमस्कार गर्न नेपाली सञ्चार सेवा प्रयोग गर्ने गरेका हुन्। यसका लागि उनीहरूले चर्को पैसा खर्च गर्नुपर्ने हुन्छ। रोमिङका कारण उनीहरुलाई भारतको तुलनामा नेपाली सञ्चार सेवा प्रयोग गर्न महँगो परेको बताइन्छ। यसका बाबजुद पनि भारतीय सञ्चार सुविधा नहुँदा मानिसहरु नेपाल–भारत सीमावर्ती क्षेत्रमा नेपाली सञ्चार सेवा लिन बाध्य छन्। सीमावर्ती गाउँहरुमा नेपाली सञ्चारको सेवा लिने भारतीय नागरिकको संख्या बाक्लो छ।
सुदूर नेपालसँगै सीमा जोडिएका सिमालखेत, तलेश्वर, आमटाडी, रद्वान, पिपली, सुनखोली लगायतका भारतीय जिल्लाहरुमा नेपाली सञ्चारको प्रयोग हुने गरेको छ। त्यहाँका नागरिकहरुले नेपाली सञ्जालको सहयोगमा कुराकानी तथा आफ्ना साथीहरूको अवस्थाबारे सोधपुछ गर्छन्। भारतको सरकारको लाखौं बजेट सञ्चारमा लगाएको दाबी गर्दा पनि सीमा क्षेत्रमा भने भारतीय सञ्चार सञ्जाल सुदृढ हुन नसकेको उनीहरुको दुखेसो छ।
विशेषगरी नेपालको दार्चुला नजिकै रहेको खोला कात्यानीसँगै बाँस र धार्चुलाका धेरै गाउँका जनता भारतीय सञ्चार सुविधाबाट वञ्चित छन्। यी गाउँका बासिन्दाले आफन्तजनसँग कुरा गर्न नेपाली सञ्चार कम्पनीको सिम लिएका छन्। भारतमा रहेका आफन्तसँग कुरा गर्न नेपाली सञ्चार सेवा प्रयोग गर्दा पनि उनीहरुले रोमिङ शुल्क तिर्नुपर्छ।
नेपाली सञ्चार प्रयोग नगर्दा सूचना आदानप्रदानका लागि पनि दैनिक कैयौं किलोमिटर हिँड्नुपर्ने उनीहरुको भनाइ छ। भारतीय सञ्चार सेवा सञ्जाल घरबाट धेरै किलोमिटर टाढा आउँछ। धेरै पटक त्यहाँ पैदल पुगेपछि नेटवर्क हराइरहेको पाइन्छ। जसका कारण अधिकांशले नेपाली सञ्चार कम्पनीको सिम लिएका छन्।
गाउँगाउँमा सञ्चारको सुविधाको समस्या रहेको भन्दै त्यो समस्या भारत सरकारले समाधान गर्नुपर्ने एक स्थानीय सुनील कुमार, मेगिण्डियाले बताए। यता, पिथौरागढकी डीएम रीना जोशीले भने त्यस्ता गाउँहरुमा अब भारतीय सञ्चार सेवामा जोडिने बताइन्। बीएसएनएलले ६३ टावरहरू जडान गरेर भारतीय सञ्चार विस्तार गरिरहेको उनले बताइन्।