कञ्चनपुर -प्रहरीले पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुईजनालाई आज लागु औषध खैरो हेरोइन सहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का २६ वर्षीय माया लुहार र वेदकोट नगरपालिका-७ का पदम ओड रहेका छन्।
गड्डाचौकीस्थित ब्यारेक नजिक पैदल हिँड्दै गरेकी मायालाई शंका लागी चेकजाँच गर्दा पेन्टीभित्र प्लाष्टिकमा लुकाई छिपाई गरी राखेका दुईवटा पोका ८.३९ ग्राम लागु औषध बरामद भएको प्रहरी नायव उपरीक्षक शाहले बताए।
मायासँगै हिँड्दै गरेका पदमलाई समेत चेकजाँच गर्दा ०.१७ ग्राम लागुऔषध र नगद २५ हजार रुपैयाँ बरामद भएको उनले बताए। पक्राउ परेका दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box