काठमाडौं – नेपाल टेलिकमको केन्द्रीय कार्यलयको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको छ । आम नागरिकलाई नेपाल टेलिकमका आधिकारिक सूचना तथा जानकारी सम्प्रेषण गर्न जडान गरिएको डिजिटल बोर्डमा गम्भीर लापरबाही भेटिएको हो ।
नेपाल टेलिकमको केन्द्रीय कार्यलयको बाह्य परिसरमा टाँसिएको बोर्डमा देखाइएको घडीको समयमा १७ मिनेटको फरक देखिएको छ । नेपाल टेलिकम जस्तो जिम्मेवार कार्यालयको डिजिटल बोर्डमा गलत समय देखाइएको विषय सार्वजनिक भएसँगै सामानिक संजालमा विभिन्न टिका टिप्पणी हुन थालेका छन् ।
नेपाल टेलिकमको केन्द्रीय कार्यलयको भिजिविलिटी बोर्डमा जहाँ ४ः४५ मिनेटमा ५ः०२ मिनेट देखाएको छ । यस्तो गलत समय कस्लाई देखाउनलाई सेटिङ गरेको होला । यतिका बिज्ञ कर्मचारी हुदाहुदै यो समय मिलाउन नसक्नु वा नमिलाउनु गम्भीर लापरबाही हो ।
सामान्यतया सरकारी कार्यालयमा सेवा लिन आउने आम नागरिकहरूले सहजै समयबारे जानकारी पाउन् भन्ने उद्देश्यले डिजिटल बोर्ड टाँसिएको हुन्छ । तर नेपाल टेलिकमको केन्द्रीय कार्यलयमा राखिएको डिजिटल बोर्डको समयले भने उल्टै जनता झुक्किन थालेका छन् ।