काठमाडौँ – आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।
काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको हो।
युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुआत गरेको छ। पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।
पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए।
यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।
चौथो स्थानमा रहेको नेपालको ३८ अङ्क रहेको छ। आजको खेल जितेमा नेपाल तेस्रो स्थानमा उक्लिँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ।
Facebook Comments Box